16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

गन्धर्वलाई आर्थिक सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७  

कोहलपुर ।

कोहलपुर क्षेत्रमा बसोबास गर्दै आएका गन्धर्र्वहरुका अगुवा वीरबहादुर गन्धर्वलाई आर्थिक सहयोग प्राप्त भएको छ । लामो समयदेखि दम रोगका कारण थलिएका गन्धर्वलाई कोहलपुरस्थित एक विद्यालयले उपचारको लागि नगद आर्थिक सहयोग गरेको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर ५ मा रहेको पञ्चमुखी ईंलिस मेडियम स्कूलले आफ्नो उपचारको लागि आर्थिक सहयोग गरेको उनले बताए । गन्धर्वका अनुसार उक्त विद्यालयले उपचारको लागि नगद १० हजार ३ सय ७० रुपैयाँ सहयोग गरेको हो ।

उनलाई लामो समयदेखि दम रोगको समस्या छ । यस्तै फोक्सो समेत सुकेको छ । ‘म लामो समयदेखि दम र फोक्सोको समस्याबाट ग्रसित
छु । उपचारको लागि पैसा छैन ।

सहयोगी दाताहरुको सहयोगबाट अहिले सम्म जेनतेन बाँचिएको छु । विद्यालयलाई मेरो तर्फबाट धन्यवाद प्रकट गर्न चाहन्छु ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै गन्धर्वले भने । उनी गन्धर्व समुदायको संस्कृति संरक्षणमा सक्रिय छन् । उनले लामो समयदेखि सारंगीको संरक्षणको लागि काम गरिरहेका छन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७     11:01:52 AM  |