कोहलपुर ।
निर्माण व्यवसायी संघ बाँकेको अध्यक्षमा टेक बहादुर खड्का पुनःनिर्वाचित भएका छन् । संघको ९ औँ अधिवेशनसँगै भएको निर्वाचनमा खड्का पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिबार राती सम्पन्न भएको प्रतिद्वन्द्वी जितेन्द्र हमाल (कैलाश) लाई पराजित गर्दै अध्यक्ष खड्का अध्यक्षमा निर्वाचित भएका थिए । खड्काले जम्मा खलेको २१७ १३० मत प्राप्त गरे भने हमालले ८५ मत प्राप्त गरेका हुन् ।
खड्काले हमाललाई ४५ मतको अन्तरले पराजित गरेका छन् । यसैगरी उक्त निर्वाचन मार्फत अध्यक्ष निर्वाचित भएका खड्का प्यानलका ८ जना पदाधिकारीहरु निर्वाचित भएका हुन् ।
खड्का प्यानलबाट वरिष्ठ उपाध्यक्षमा लिलाराज उपाध्याय, प्रथम उपाध्यक्ष टंक बहादुर खड्का, द्वितीय उपाध्यक्षमा दिनकर भट्टराई, महासचिवमा भुपाल वली निर्वाचित भए ।
यसैगरी आन्तरिक उप–महासचिवमा नरेश बहादुर शाही, कोषाध्यक्षमा मुहतयार कवडिया र सह–कोषाध्यक्षमा माधव शाही निर्वाचित भएका हुन् । यता हमाल प्यानलबाट नितिगत उप–महासचिवमा जय बहादुर खत्री निर्वाचित भएका छन् ।
संघको सदस्यहरुमा अन्जनी कुमार गुप्ता, मद्न कुमार अग्रवाल, शोभाकर शर्मा, टेक बहादुर शाही, मीन बहादुर खत्री र रमेश जङ्ग शाह रहेका छन् । विजयी सदस्यहरुमा खडका प्यानलबाट ४ जना र हमाल प्यानलबाट २ जना सदस्य रहेका छन् ।