कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि शनिबार मतदान भयो । आगामी तीन वर्ष सम्म रहने रहने कार्यकालका लागि दुई प्यानल बीच निर्वाचन भएको थियो । चुनावमा साझा समावेशी व्यवसायी प्यानल र लोकतान्त्रिक समावेश व्यवसायी समूह चुनावी प्रतिष्पर्धामा छन् । यस पटकको निर्वाचनमा कुल ३ हजार ३ सय ७४ मतदाता थिए । ज्ञानज्योति मावि बगियामा शनिबार विहानैदेखि सम्पन्न निर्वाचनमा कुल ३ हजार ८० मत खस्यो । कुल २ सय ९४ जना मतदाता अनुपस्थित रहे । समग्रमा निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता देखियो । तीन वर्षअघि भएको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा १४ सय ५७ जना मतदाता थिए । यसपटकको निर्वाचनमा अघिल्लो निर्वाचन भन्दा दोब्बर मतदाता थिए । शनिबार विहानै देखि आफ्नो नेतृत्व चयन गर्नको लागि कोहलपुर क्षेत्रका व्यवसायीले सक्रियता पूर्वक सहभागिता जनाए ।
कोहलपुर उद्योग वाणिज्य संघको नयाँ कार्यकालका लागि हरेक तीन वर्षमा निर्वाचन हुने गरेको छ । निर्वाचनमा यहाँका व्यवसायीहरुको विभिन्न प्यानल मार्फत भाग लिन्छन् । सोही अनुसार चुनावमा हार र जितको अंक गणित निक्यौल हुन्छ । सोही अनुसार व्यवसायीहरु पक्ष र विपक्षमा विभक्त हुदै आएका छन् । ि उद्योग वाणिज्य संघ विशुद्ध व्यवसायिक संस्था भएपनि यहाँ हुने गरेको राजनीतिकरणले कोहलपुरका व्यवसायीहरुको समग्रमा विकासमा साइट इभेक्ट देखिन्छन् । यसले गर्दा कोहलपुर क्षेत्रको विकासको लागि व्यवसाय क्षेत्र अहिले पनि एकजुट भएर अघि बढ्न सकेको छैन । आर्थिक विकासको प्रभाव संघको बेमेलले पारेको छ । त्यसैले चुनाव लोकतान्त्रिक प्रक्रिया भएपनि यहाँको निर्वाचन निकै मंहगो समेत हुने गरेको छ । व्यवसायीहरु चुनावमा निकै भड्किलो साथ प्रस्तुत हुने गरेका छन् ।
मतपरिणाम सकिए लगत्तै कुनै न कुनै टिमको जीत निश्चित छ । जुन टिम र व्यक्तिले विजय प्राप्त गरेपनि उनीहरुको कोहलपुरको आर्थिक विकास, व्यवसायीहरुको एकता र यहाँका रहेका समस्या समाधानका लागि काम गर्नुपर्नेछ । सबैभन्दा ठूलो चुनौतीको रुपमा विपक्षलाई रिझाउन सक्ने र वा नसक्ने भन्ने कुरा रहेको छ । त्यसैले नेतृत्व पद मात्रै होइन । काम गर्ने अवसर हो । अब आउने नेतृत्वले अहिलेको भन्दा बढी काम गरेर देखाउनुपर्छ । यहाँका व्यवसायीहरु हरेक क्षेत्रमा एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।