8 September 2024  |   आइतवार, भदौ २३, २०८१

दोस्रो चरणको खोप अभियान, कोहलपुरमा १ हजारले लगाए खोप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७  

कोहलपुर :

आइतबारबाट शुरु भएको दोस्रो चरणको खोप कार्यक्रममा पहिलो दिन कोहलपुरमा १ हजार भन्दा बढी जेष्ठ नागरिकले खोप लगाएका छन् ।

सरकारले शुरु गरेको दोस्रो चरणको खोप अभियान अन्तर्गत पहिलो दिन कोहलपुमा कुल १ हजार १० जना जेष्ठ नागरिकले खोप लगाएका
हुन् । जस मध्ये ६५ वर्ष माथिका ४ सय ३८ जना महिला र ५ सय ४५ पुरुषले खोप लगाएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीले पहिलो दिन कुल ९ सय ८३ जनाले खोप लगाएको जानकारी दिए । यस्तै पहिलो चरणको खोप अभियानमा छुटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारले पनि खोप लगाएको उनको भनाइ थियो ।

छुटेका मध्ये ८ जना महिला र २८ जना पुरुष गरी ३६ जनाले खोप लगाएको उनको भनाइ थियो । आइतबार कोहलपुरका १५ वटा केन्द्रबाट जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएको प्रमुख ठकुरीले बताए ।

खोज अभियान आज र भोली पनि सञ्चालन हुनेछ । उनले खोप अभियानमा सरिक हुन सम्पूर्ण नगरबासी जेष्ठ नागरिक महिला तथा पुरुषहरुलाई आग्रह गरेका छन् । तीन दिनको अवधिमा कोहलपुर नगरपालिकामा ३ हजार २ सय ८२ जनालाई खोल लगाउने लक्ष्य छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७     10:53:53 AM  |