कोहलपुर :
१११ औँ अन्र्तराष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा कोहलपुरमा मैत्रीपूर्ण महिला फुटबल आयोजना सम्पन्न भएको छ । आज मनाइने दिवसको अवसरमा आइतबार जनप्रतिनिधि र पत्रकार टिमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले समारोह मुल आयोजक समितिका अध्यक्ष तथा उप प्रमुख सन्जुकुमारी चौधरीलाई बल हस्तान्त्रण गर्दै प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
खेलको नारा ‘हाम्रो गोल, महिला हिंसा बिरुद्धको बोल’ रहेको थियो ।लगत्तै सम्पन्न मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता शुरु गरिएको थियो । खेल शुरु भएको केही मिनेट मै गैरसकारी संस्थाका खेलाडि समेत सहभागी भएको प्रतियोगितामा पत्रकार धना केसीले सुरुवाती गोल गरेकी थिइन् ।
लगत्तै जनप्रतिनिधि र महिला सरकारी कर्मचारी सम्मिलत टिमकी वविता शाहले सान्वना गोल फर्काइन् । पहिलो हाफ बराबारीमा रोकियो । दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् । १÷१ गोलको बराबरी मै प्रतियोगिता सकियो । पछि पेनाल्टी सुट आउट मार्फत खेलको टुंगो लगाइएको थियो ।
पत्रकार–गैसस टिमले जनप्रतिनिधि– सरकारी कर्मचारी टिमलाई (४–३) गोल अन्तरले पराजित गर्न सफल भयो । यस्तै दिवसकै सन्दर्भमा महिला कुर्सी खेल समेत सम्पन्न भएको थियो । कोहलपुरको १३ विगाहमा सम्पन्न भएकाके कुर्सी खेलमा कमला वली प्रथम, बन्दना घर्ती दोस्रो, रेखा सुनार तेस्रो र सरिता काफ्ले सान्त्वना भइन् ।
प्रतियोगिता शुरु हुनुभन्दा पहिले आयोजित कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नारी दिवसको सन्दर्भमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताले महिला हरेक क्षेत्रमा सक्षम छन् भन्ने उदाहरण भएको बताए । उनका अनुसार महिलाले चाहेमा जेपनि गर्न सक्छन् ।
उनीहरुलाई सबैले अवसर दिनुपर्नेमा उनको जोड थियो । यस्तै उप–प्रमुख चौधरीले समेत दिवसको अवसरमा सम्पूर्ण महिलाहरुको प्रतिभा पहिचान र भातृत्व विस्तारका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् । महिला तथा बालबालिका शाखाकी प्रमुख रिना थापाले आज मुल समारोहको आयोजना गरी अन्र्तराष्ट्रिय नारी दिवस मनाइने जानकारी दिइन् ।
यस्तै यस अघि दिवसको सन्दर्भमा भएको विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिनेछ । यसअघि दिवसकै सन्दर्भमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।