19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

मुटु रोगीलाई सहयोग गरेर होम स्टे उद्घाटन (फाेटाे फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७७  

कोहलपुर 

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ मा एक जना युवा व्यवसायीले मुटु रोगी महिलालाई आर्थिक सहयोग गरेर होम स्टे उद्घाटन गरेका छन् । कोहलपुर १४ हवल्दारपुरको थापा टोलमा ती युवाले जाजरकोट घर भएकी मुटु रोगी उमिसा पुनलाई आर्थिक सहयोग गरेर होम स्टे सञ्चालनमा ल्याएका हुन् ।शान्त तथा रमणीय स्थलमा रहेको उक्त होम स्टेको नाम ‘अर्गानिक होम स्टे’ हो । त्यसका सञ्चालक दिनेश थापा हुन् । उक्त होम स्टेको केट काटेर औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

उक्त होम स्टे शान्त वातावरणमा स्तरीय सेवा दिने उद्देश्य सहित सञ्चालनमा ल्याइएको सञ्चालक थापाले बताएका छन् । उनका अनुसार औपचारिक रुपमा होम स्टे सञ्चालनमा आइसकेको छ । अब निरन्तर रुपमा सेवा प्रवाह हुनेछ ।‘ नयाँ भिजन र मिसनका साथ अर्गानिक होम स्टे सञ्चालनमा ल्याएको छु । उद्घाटनको दिनमा दुःखमा परेकी महिलालाई सहयोग गरेको शुभ साइत गरेको छु ।

आगामी दिनमा सबैको साथ र सहयोग रहने शाखा गरेको छु । ’ उनले भने । उनले नगद १ हजार पाँच रुपैयाँ सहयोग गरेका हुन् । भने त्यहाँ उपस्थित सेवाग्राही सहित जम्मा २ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरिएको थियो । होम स्टेमा नेपाली खाना, क्याम्प फायरको व्यवस्था,बाँसको व्यवस्था, नेवारी, थकालीका साथै लोकल खुकुरा, अर्डर अनुसार टर्की ,कडकनाथ र गिरिराज कुखुरा र लगायतको सुविधा रहेको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७७     9:46:30 AM  |