26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सुन तोलामा पाँच सय रुपैयाँले घट्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन १४, २०७७  

काठमाण्डौ – शुक्रवार पनि सुनको भाउ घटेको छ ।

शुक्रवार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १४, २०७७     12:34:42 PM  |