देउवा, प्रचण्ड र माधव नेपालबीच २० मिनेट कुराकानी



नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका छन्।
बुधबार दिउँसो उनीहरूबीच २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा कुराकानी भएको हो। छलफल सकेर प्रचण्ड-नेपाल अहिले देउवा निवासबाट बाहिरिसकेका छन्।
देउवाका सहयोगी भानु देउवाका अनुसार विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे सभापति देउवासँग प्रचण्ड-नेपालको छलफल केन्द्रीत रह्यो।
‘आ-आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्नेबारे कुराकानी भएको छ,’ देउवाले सेतोपाटीसँग भने। सभापति देउवाले कांग्रेसको पदाधिकारी बैठक पनि बोलाएका छन्।
बिहीबार अपरान्ह ३ बजे कांग्रेसको पदाधिकारी बैठक बोलाइएको उनले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १२ गते बुधबार