कोहलपुर
अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुरले मंगलबार पनि धर्ना कार्यक्रम गरेको छ ।स्थानीय तहले लगत संकलनमा भूमिहीन र सुकुम्बासीहरुलाई सहभागी नगराएको भन्दै उनीहरुले तीन देखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् । तेस्रो दिन उनीहरुले दिनभर कोहलपुर नगरपालिका वडा नम्बर ११ को कार्यालयमा नारा जुलुस सहित धर्ना दिएका थिए । उनीहरुको धर्नाका कारण वडा नम्बर ११ को कार्यालयको कामकाज ठप्प भएको थियो ।
अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समितिका संयोजक जीवन थापा लगत संकलनमा सहभागी गराउने माग सहित शान्तिपूर्ण आन्दोलन अनुसार वडा कार्यालयको काम प्रभावित गरिएको बताउँछन् । उनीहरुले वडा नम्बर ११ को कार्यालय अगाडि प्रहरीको सुरक्षा घेरामा धर्ना दिएका थिए । उनले विरोधको कार्यक्रम अन्तर्गत आजदिनभर कोहलपुर नगरपालिकाको कार्यालयमा शान्तिपूर्ण ढंगले धर्ना दिने कार्यक्रम रहेको जानकारी दिए ।
कोहलपुर नगरपालिकामा रहेका भूमिहीन र सुकुम्बासीहरुले केहीदिनयता आन्दोलन गरिरहेका छन् । तर कोहलपुर नगरपालिकाले अहिले पनि औपचारिक रुपमा प्रतिक्रिया दिएको छैन । ‘लगत संकलनमा सहभागी हुन पाउने माग सहित आन्दोलनमा छौ । पहिलोचरणको आन्दोलन चलिरहेको छ । केही दिनमा दोस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्छौ ।
नगरपालिकाले भने अहिले सम्म कुनै पनि औपचारिक सम्बादको लागि पहल गरेको देखिदैन । हामी भने तयार छौ । ’ कोहलपुर क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन र सुकुम्बासीको माग लगत संकलनमा सहभागी गराउनु पर्ने रहेको छ ।









प्रतिक्रिया दिनुहोस्