कोहलपुर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद पुनःस्थपना गर्ने सर्वोच्च अदालतको फैसलाबाट अस्थिरताको खेल सुरु भएको प्रतिक्रिया दिएका छन् ।
गत पुस ५ गते भएको संसद विघटनको निर्णय मंगलबार सर्वोच्चले उल्टाईदिएपछि उनले अस्थिरताको खेल भएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको औचित्य पलपलमा पुष्टि हुने समेत दाबी गरेका छन् ।
ओलीका विस्वास पात्रका रुपमा रहेका उनी संसद विघटनको समर्थन गर्दै आएका थिए । पोखरेल लोकतन्त्रमा चुनावमा जानु लोकतान्त्रिक प्रक्रिया भएको भन्दै ओलीको गैरसंवैधानिकलाई बाध्यतात्मक परिस्थिति भएको बताउँथे । पोखरेल ती नै नेता हुन्, जसले नेकपाको आन्तरिक कलह मिलाउन निकै प्रयास गरे ।
उनले ओलीका विशेष दुतको रुपमा प्रचण्डसँग धेरैपटक छलफल समेत गरेका थिए । यस्तै उनले सम्पूर्ण नेता कार्यकताहरुलाई हिम्मत र धैर्यताका साथ अघि बढन् पनि आग्रह गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्