मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७
सुर्खेत । कर्णालीका वादी समुदाय व्यवस्थित बसोबासको माग गदै मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।
कालिकोट र दैलेखबाट पैदल हिँडेर वादी समुदायका ४०२ जना नागरिकहरु सोमबार राति ८ बजे मुख्यमन्त्री कार्यालयको गेटमा पुगेका थिए । आफ्ना माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने उनीहरुको अडान छ ।onlinekhabar.com