25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

चितुवाको छालासहित ३ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७  

कोहलपुर  

बाँकेको राप्तीसोनारी गाउँपालिका, १ कुसुम नजिकैबाट प्रहरीले २ थान चितुवाको छालासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको बिशेष टोलीले आइतबार साँझ चरीबाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

अवैध रुपमा वन्यजन्तुको चोरी सिकार तथा बेचविखन भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार चितुवाको छालासहित पक्राउ पर्नेमा कुमाख गाउँपालिका ७ सल्यानका २३ वर्षीय कमल डिसी रहेका छन् । सोही ठाउँका २४ वर्षीय हेल्थ असिष्टेन्ट हिमेन्द्र ओली र बाघचौर नगरपालिका ३ सल्यानका ३१ वर्षीय जीत बहादुर डिसी रहेका छन् ।

चितुवाको दुई छालामध्ये एउटा अली ठूलो र अर्को सानो रहेको छ । उनीहरुको साथबाट तीन थान मोबाइल समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।

उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९२० बमोजिम उनिहरुलाई १ लाख देखी २५ लाखसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७     9:12:52 AM  |