नेपालगन्ज
आउँदो चैत्र १२ गते नेपालगञ्जमा नागरिक सम्मेलन हुने भएको छ । गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको आयोजनामा सो सम्मेलन हुने भएको हो ।
महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सोमबार नेपालगञ्जमा बसेको महासंघको बैठकले सम्मेलनको मिति तय गरेको हो । सम्मेलनमा नागरिक अधिकारमा सरोकारवालाहरुको भूमिका, नागरिक समाजको सवलिकरण, मानव अधिकार, सुशासन लगायतका बिषयमा छलफल गरि बाँके घोषणा पत्र जारी गरिनेछ ।
सम्मेलनको तयारीका लागि महासंघका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । सम्मेलनमा नागरिक समाजका अगुवा, गैससकर्मी लगायतको सहभागिता रहनेछ ।
महासंघले रिक्त कोषाध्यक्ष पदमा कार्य समिति सदस्य निर्मला सुनारलाई मनोनित गरेको छ । महासंघका सचिव आशिष बर्माका अनुसार, फाल्गुण १५ गते देखि चैत्र १५ गते सम्म संस्थागत भेटघाट कार्यक्रम गर्नका लागि जिम्मेवारी बिभाजन गरिएको छ ।