कोहलपुर ।
कोहलपुर नगरपालिका क्षेत्रमा रहेका विद्यालय लंैगिकमैत्री र बालविवाह न्यूनिकरण गर्ने अभियान थालिने भएको छ । विद्यालय उमेर मै बालविवाह गर्नेक्रम बढेको भन्दै कोहलपुरमा यस्तो अभियान थालिने भएको हो । आइतबार कोहलपुर नगरपालिकाको आयोजनामा शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई लैंगिकमैत्री वातावरण र बालविवाह न्यूनिकरणको अभियाानमा सक्रिय बनाउनको लागि प्रशिक्षण गराइएको थियो ।
कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुरका २९ वटा विद्यालयहरुमा लैंगिकमैत्री वातावरण र बालविवाह न्यूनिकरण गर्ने अभियान थालिएको बताए ।
‘कोहलपुर नगरपालिकामा रहेका विद्यालयहरुमा अझै पनि लैंगिकमैत्री वातावरण र बालविवाह न्यूनिकरण हुन सकिरहेको छैन’ उनले भने, ‘यसले झन सक्रिय भूमिका खेलेको छ । अर्को समस्या भनेको बीच मै विद्यालय छोड्ने रहेको छ ।
उनका अनुसार अब सबै विद्यालयले विद्यालय सुधार योजना बनाउने क्रममा लैंगिकमैत्री वातावरण र बालविवाह न्यूनिकरण गर्ने अभियानका लागि नीति तथा कार्यक्रम समावेश गर्नका लागि अनुरोध गरिनेछ ।
बालबालिकाहरुले सानै उमेरमा विवाह गरेको उनीहरुको स्वास्थ्यमा निकै समस्या आउने भएकोले सबै सचेत हुनुपर्नेमा उनको जोड रहेको छ । यस्तै जनज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दराज श्रेष्ठले लैंगिकमैत्री वातावरण र बालविवाह न्यूनिकरण गर्ने विषयहरु नीति तथा कार्यक्रममा नै समाबेश भएको बताए ।
‘बालमैत्री, अपाङ्गमैत्री वा लैंगिक संवेदनशीलताका विषय हुन् । हाम्रा व्यवहार सुधार नभएसम्म यी कुरा सम्भव छैन । शिक्षकले गर्ने व्यवहारका बारेमा विद्यार्थीे खुलेर बोल्न चाहँदैनन् ।’
कानुन, मापदण्ड, नीति, निर्देशिका थुप्रै तयार भएका छन्, तालिम, क्षमता विकास, अभिमूखीकरण, कार्यशाला, गोष्ठी चलिरहेकै छन् तर हाम्रा व्यवहार र प्रवृत्ति अहिले पनि सुधार नभएका उनको भनाई थियो ।
अन्य क्षेत्रमा बालविवाहको अभियान चलाउनुभन्दा विद्यालयमा यो अभियान चलाउँदा कोहलपुर नगरपालिकामा वातावरण र बालविवाह न्यूनिकरण हुन सक्ने उनले बताए । प्लान इन्टरनेशन नेपाल र स्याक नेपालको साझेदारी र कोहलपुर नगरपालिकाको समन्वयमा यो अभियान सञ्चालन भएको छ ।









प्रतिक्रिया दिनुहोस्