मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज



काठमाण्डाै

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ ।खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने छ । खानेपानीमन्त्री मणि थापाको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

;’?ªdf kfgL xfn]/ k/LIf0f
d]nDrL,@! c;f/M
d]nDrL vfg]kfgL cfof]hgfsf] d’Vo ;’?ªdf k/LIf0fsf nflu kfgL xflnFb} . cfOtaf/ laxfg ( ah] d’Vo ;’?ªdf kfgL xflnPsf] cfof]hgfn] hgfPsf] 5 . sf7df8f}Ftkm{ kfgL hfg] ;’?ª aGb u/]/ cfof]hgfsf] klxnf] cl86 dfu{af6 kfgL k/LIf0f ul/Psf] xf] . tl:a/M b]j/fh ;’j]bL÷/f;;

गएको असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ मा रहेको अम्बाथानको अडिटको मुख्य गेट फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो। त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोग अन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको बताउनुभयो । परीक्षणका क्रममा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ ।

उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाण्डौमा रहेका विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । खत्रीकाअनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाण्डौको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ ।
सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उहाँले बताउनुभयो । ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १० गते सोमबार