कैलाली
कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत् गोदावरी नगरपलिका-२ का ७० वर्षीय संक्रमित पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले फागुन ३ गते भर्ना भएका ती पुरुषमा कडा खालको निमोनिया देखिएको बताए।
अस्पतालको कोरोना विशेष भवनमा थप एक जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बेदकोट नगरपालिका-७ का ५० वर्षीय पुरुष भेन्टिलेटरमा उपचाररत् रहेको श्रेष्ठले बताए।
अहिले प्रादेशिक अस्पतालको ५० शैयाको कोरोना विशेष भवनमा बाँकी सबै बेड खाली छन्।
प्रकाशित मिति : २०७७ फागुन १० गते सोमबार









प्रतिक्रिया दिनुहोस्