सम्पादकीय : भविष्य अन्योल नहोस्



नेपालमा शिक्षक दरबन्दी मिलान गर्ने काम भइरहेको छ । प्रत्येक जिल्लामा शिक्षा तथा मावन स्रोत विकास केन्द्रको २०७६ सालको निर्देशिका अनुसार दरबन्दी मिलान गर्न लागेका छन् । बाँकेमा पनि शिक्षक दरबन्दी मिलान कार्य गरिरहेका छन् । बाँकेमा अहिले दुई स्थानीय तहमा शिक्षक दरबन्दी मिलान गरेका छन् । अन्य छ स्थानीय तहहरुले भने दरबन्दी मिलान प्रक्रिया अघि बढाइरहेका छन् । जसमध्ये कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने काम पुरा गरेका छन् । नरैनापुरमा भने विवाद भएको देखिदैन तर कोहलपुरमा भने शिक्षक दरबन्दी मिलानमा छात्राछात्रहरुको शिक्षा आर्जन गर्ने हकमा प्रत्यक्ष असर पर्न गएको कारणबाट सार्वजनिक सरोकारको विवाद देखिएकोले अन्तरिम आदेश माग गर्दै निवेदन पेश गरेका थिए ।

दरबन्दी मिलानमा असहमति जनाउँदै कोहलपुर नगरपापालिका वडा नम्बर ९ का रामनारायण थारु र वडा नम्बर ३ का तुल्सीराम थारुले नगरपालिकाको कार्यापालिकाले पुष २३ र २६ गतेको निर्णय विरुद्ध उच्च अदालत, नेपालगञ्ज इजलासमा रिट दायर गरे । कोहलपुर नगरपालिकाका दुई विद्यालयमा दरबन्दी मिलान नगर्न आन्तरिम आदेश जारी भयो । राम मावि बैजनाथपुर र जनता मावि मैटहवाको दरबन्दी मिलान कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजालासले आन्तरिक आदेश जारी गरेको छ । नेपालगञ्ज इजालासले फागुन ५ गते नियमावली २०७३ को नियम ४२ बमोजिम पुष २३ र २६ गतेको निर्णयलाई टुंगो नलागेसम्मका लागि कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनी कोहलपुर नगरपालिकालाई अन्तरिम आदेश जारी गरेको छ । दुबै निवेदकको तर्फबाट अधिवक्ता लोक बहादुर शाह र कोहलपुर नगरपालिकाको तर्फबाट अधिबक्ता बासुदेव ज्ञवालीले बहस गरेका थिए ।

बाँकेका सरकारी निकायहरुले विभिन्न स्टेजहरुमा गुणस्तरीय कायम गर्न, विद्यार्थीको अनुपात, शिक्षक नभएको स्थानमा राख्ने जस्ता विषयहरुलाई लिएर दरबन्दी मिलान गर्ने भनी खरो भाषण दिन्थ्थे तर अहिले बालबालिकाको भविष्यमा नै प्रश्न चिन्ह खडा भयो भन्दै रिट दायर भयो । के राजनितिक गर्नका लागि शिक्षक दरबन्दी मिलान भएको हो त ? नेपालमा शिक्षा क्षेत्रमा बढि राजनितिक हुने प्रविति धेरै देखिन्छ जसका कारणले बालबालिकाहरुले पढ्नबाट बञ्चित नहुन् । अभिभावक, शिक्षक र विद्यार्थी विचमा राजनितिक वा अन्य कुनै कारणले गर्दा साना बालबालिकाहरुको भविष्यमा अन्योल नपरोस् ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ९ गते आइतबार