कोहलपुर
कोहलपुर नगरपालिकास्थित रामजानकी माध्यमिक विद्यालयमा लागु औषध दुव्र्यसनका विषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएकोे छ । बिहीबार विद्यालयमा पछिल्लो समयमा विद्यार्थीहरुमा मुल समस्याका रुपमा रहेको लागू औषध दुव्र्यसनका बारेमा उनीहरुलाई सचेतना प्रदान गरिएको हो । उक्त, विद्यालयका विद्यार्थीहरुलाई मोटिभेसनल स्पीकर हर्क बहादुर थापा र बिकास थापाले प्रशिक्षण दिएका थिए ।
विद्यालयले लागु औषध दुव्र्यसनका बेफाइदाका विषयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई जानकारी दिएको जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य लागू औषध दुव्र्यसन रोक्ने र किशोरावस्थामा हुने विवाहका कारण उत्पन्न हुने समस्याका बारेमा जानकारी दिए रहेको प्रशिक्षक हर्कबहादुर थापाले बताए । उनका अनुसार यस्ता सचेनतामुलक बैजानाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा रहेका विद्यालयका विद्यार्थीहरुलाई दिइदै आएको छ ।
अहिलेसम्म आफूले दुवै पालिकाका २२ वटा विद्यालयमा लागू औषध बारेमा कार्यक्रम गरिएको उनको भनाइ छ । उनले समाजमा व्याप्त अवस्थामा रहेको लागू औषधको अवस्था न्युनिकरणमा आफूले स्वंयमसेवी रुपमा काम गरिरहेको जानकारी दिएका छन् ।‘ गाउँमा लागू औषधको दुव्र्यसनको अवस्था निकै भयानक छ ।
विद्यालय उमेरका किशोरकिशोरी निकै प्रभावित भएका छन् । अहिले पनि हामीले सोचेनौ भने, हाम्रो भोलीको अवस्था नै घातक हुन सक्छ । त्यसैले अहिले देखि नै समेत गराउन लागि परेको छुँ ।’ उनले भने । अझै धेरै भन्दा धेरै विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ ।









प्रतिक्रिया दिनुहोस्