कोहलपुर
बाँकेको कोहलपुरमा लिडरसिप र मोटिभेसनल तालिम सम्पन्न भएको छ । कोहलपुर जेसीज र कोहलपुर जुनियर जेसीजको आयोजनामा बिहीबार तालिम सम्पन्न भएको हो । तालिमका प्रशिक्षक जेसी गोकुल सापकोटा थिए । उनले विद्यार्थी तथा युवाहरुमा नेतृत्व गर्ने क्षमता हुनैपर्ने बताए । उनका अनुसार जीवनमा सफल बन्नको लागि आम मानिसमा नेतृत्व गर्ने क्षमता हुनैपर्छ ।
नेपाल जेसीजका कानुनी सल्लाहकार समेत रहेका उनले जेसीजमा आवद्धहरुमा समाजसेवाको भोक हुनुपर्ने बताएका छन् । सापकोटाका अनुसार जीवनमा सफल बन्नको लागि समयको व्यवस्थापन एकदमै आवश्यक हुन्छ । त्यसको लागि सधै प्रयत्नशिल रहनुपर्ने समेत बताए । उक्त अवसरमा बोल्दै कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष रामप्रसाद पाण्डेले जेसीजमा आवद्ध युवा तथा विद्यार्थीहरुमा क्षमता अभिवृद्धि गर्नको लागि तालिमको आयोजना गरिएको बताए ।
उनका अनुसार जेसीजले देशैभर स्वंयमसेवा सहित विभिन्न सामाजिक विषयमा अभिमुखीकरण, तालिम तथा गोष्ठीहरुको आयोजना गर्दै आएको छ । सोही कार्यक्रम अनुसार कोहलपुरमा तालिमको आयोजना गरिएको हो । अध्यक्ष पाण्डेले युवा देशको मेरुदण्ड भएकोले सचेत हुनु आवश्यक रहेको बताएका छन् । उनले कोहलपुरमा युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउनका लागि विभिन्न माध्यमबाट उनीहरुलाई प्रशिक्षित गराउँदै लगिएको समेत बताए । तालिममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्