प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण कला भिन्न किसिमको छ । उनी नेपाली राजनितिज्ञ मध्ये फरक शैलीमा भाषण गर्ने कला भएका नेता हुन् । उनी भाषणमा उखान टुक्काको प्रयोग गर्छन् । जुन एकदमै ठट्यौली किसिमको हुन्छ । उनी जनतालाई धेरै विषयमा ठुला ठुला पाठ सिकाउने खुबी भएका नेता समेत हुन् । उनी सीमित जनताहरुमा लोकप्रिय हुनुको एउटा कारण नै उनको ठट्यौली भाषण हो । धेरै मानिस उनको उक्त भाषण सुन्न मन पराउँछन् । उनका कार्यकर्ता नभएपनि उनलाई सुन्छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा नाकाबन्दी विरुद्ध डटेर सामना गरेका ओलीले धेरै प्रशंसक कमाए । अझ त्यो भन्दा बढी उनका अन्धभक्तहरु पैदा भए । अहिले उनलाई राजनेता कहन्छन् । तर उनमा राजनेतामा हुने गुण छैन ।अहिले उनी देशको प्रधानमन्त्री कम हास्य कलाकार बढी देखिन्छन् ।
उनको भाषण सबै भन्दा बढी मन पराउने अहिले उनैले उत्पादन गरेका साइबर सेना नै हुन् । पछिल्लो समय पुस ५ को संसद विघटनको निर्णयपछिको परिवर्तित सन्दर्भमा जहाँ जान्छन् । आगो ओकल्छन् । खास गरी उनी आफू विरोधीहरुसँग निकै असहिष्णु देखिन्छन् । उनी मिडियालाई समेत गाली गर्दै आएका छन् ।दोस्रोपटक प्रधामन्त्री भएपछि झन उनी आक्रमक रुपमा अघि बढे । पछिल्ला एक महिनाको अवधिमा उनी खतरनाक रुपमा भाषण गर्न थाले । यद्यपी पछिल्ला केही आमसभामा भने अलि गम्भीर भएर भाषण गरिरहेका छन् । साोही क्रममा शनिबार बुटवलमा आएको आमसभामा ओलीले उत्तेजक बोली बोले ।
उनले भने ‘निर्मला र भागरथीका हत्यारालाई पानीमुनी भएपनि छोडिने छैन । कुनै पनि हालतमा कारबाही गरेरै छोडिनेछ ।’ उनले भने जस्तै दुई अघि हत्या गरिएकी निर्मलाका हत्यारा अझै पत्ता लागेका छैनन् । एकसाता अघि बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारा समेत प्रहरीले समेत पक्रन सकेको छ । उनी प्रधानमन्त्री भएको विगत तीनवर्षयता नेपालमा हत्याका बलात्कारका घटना झन बढिरहेका छन् । अपराधी समेत उल्लेख्य रुपमा पक्राउ पर्न सकेका छैनन् । तर ओलीले उक्त अवसरमा कुनै पनि हालतमा अपराधी पक्रने बताएका छन् । जुन कुरामा अहिले पनि शंका छ । ओली यस्तो पात्र हुन् उनी, जनतामा भ्रम छर्न सक्ने ल्याकत समेत राख्छन् । उनी हजारौँ जनताका अघि ठुला ठुला आस्वासन समेत दिन सक्छन् । तर उनले जति बोलका छन्, अहिले सम्म ती कुराहरु गर्न सकेका छैनन् ।









प्रतिक्रिया दिनुहोस्