कोहलपुर
बाँकेको कोहलपुरमा जारी स्वर्गीय सुजाता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको आयोजक (ए) फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता सुरु भएको सातौँ दिनमा भएको खेलमा आयोजक (ए)ले स्टार एफ.सी नेपालगञ्जलाई (१—०) गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
आयोजक (ए) का खेलाडि खेल सुरु भएको ६ जर्सी नम्बरका खेलाडि चेतन चौधरीले ५५ मिनेटमा गोल गरेका थिए । उनी म्यान अफ द म्याच समेत घोषणा समेत गरिएको रेसिङ्ग सहारा क्लबका अध्यक्ष यज्ञ महराले बताए ।
यस्तै प्रतियोगिताको आठौं दिन एपिएफ ५ नम्बर प्रदेश र न्यू डाँफे स्पोट्स क्लब खजुरा बीच प्रतिस्पर्धा हुनेछ । विजयी हुने टिम फाइनलमा उपाधिका लागि आयोजकसँग प्रतिस्पर्धा गर्नेछ । उनका अनुसार प्रतियोगिता दिउँसो २ बजेबाट सुरु हुनछ । प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति : २०७७ फागुन २ गते आइतबार









प्रतिक्रिया दिनुहोस्