जनयुद्ध दिवसमा मैत्रीपूर्ण फुटबल



कोहलपुर ।

२६ औंँ जनयुद्ध दिवसको अवसरमा कोहलपुरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेर मनाइएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी‐नेकपा) कोहलपुर नगर कमिटीको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा शहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अवसरमा कोहलपुर नगर कमिटी ‐पार्टी टिम) र राष्ट्रिय युवा संघ,अनेरास्ववियूका विद्यार्थी नेता सम्मिलित‐विद्यार्थी टिम)बीच प्रतिस्पर्धा भएको थियो । कोहलपुर १ स्थित कृष्ण माविको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेकपा नगर कमिटी विजयी भएको छ । नेकपा कोहलपुर नगर कमिटीले राष्ट्रिय युवा संघ, अनेरास्ववियूका विद्यार्थीलेलाई (३—२) गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

प्रतियोगिताको नेकपा केन्द्रीय सदस्य महेश्वर गहतराज ‘अथक’ले उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बौल्दै केन्द्रीय सदस्य गहतराजले जनयुद्धले स्थापित गरेका एजेडा उपर गिद्धे नजर नलगाउन चेतावनी दिए । उनका अनुसार संविधानसभाबाट बनेको संविधान, संघीयता,धर्म निरपेक्षता, समावेशी लोकतन्त्रमाथि प्रहर भइरहेको छ ।

जनयुद्धका उपलब्धीक बचाउनको लागि सबै बलिदानका गर्न तयार हुनु पर्ने बेला आएको उनको भनाइ थियो । उक्त मैत्री पूर्ण फुटबल प्रतियोगितामा नेकपा बाँके सचिव अशोक कोईराला, युवा नेता नरेन्द्र न्यौपाने नेकपा जिल्ला अध्यक्ष आई.पि. खरेल लगायतको उपस्थित रहेको थियो । सो अवसरमा जनयुद्धको समयमा मृत्युका भएका शहिद परिवार र घाइतेहरुलाई सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २ गते आइतबार