18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

स्टार एफ.सी.को विजय सुरुवात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुरस्थित जारी स्वर्गीय सुजाता राई अधिकारी स्मृति फुटबल प्रतियोगितामा स्टार एफ.सी नेपालगञ्जले विजय सुरुवात गरेको
छ । प्रतियोगिता सुरु भएको छैठाँै दिनमा क्वाटर फाइनलको पहिलो खेलमा स्टार एफ.सी र गौरीगंगा ११ कैलाली बिच प्रतिस्पर्धा भएको थियो ।

खेलको निर्धारित समयभित्र दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुट आउट मार्फत स्टार एफ.सी. नेपालगञ्जले गौरीगंगा—११ कैलालीलाई
(७—६) गोल गर्दै विजय सुरुवात गरेको हो । स्टार एफ.सी. नेपालगञ्जका खेलाडी निर्जल शाहीलाई म्यान अफ द म्याच घोषणा गरेको आयोजक कमिटिका सदस्य नवकिरण शाहले बताए ।

यस्तै आज आयोजक (ए) र स्टार एफ.सी. नेपालगञ्ज बिच प्रतिस्पर्धा हुनेछ । सो टिमबाट विजय प्राप्त गरेको टिमले फाइनलका लागि प्रतिस्पर्धा गर्ने आयोजक कमिटिका सदस्य नवकिरण शाहले बताए । उनका अनुसार प्रतियोगिता दिउँसो २ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको राष्ट्रि«य रेफ्री अमृत केसी, श्याम बहादुर खड्का, अम्मर गुरुङ्ग रहेका छन् । प्रतियोगिताको हुलास पिठो र सनराइज कपी उद्योगले प्रायोजन गरेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । सुजाता स्मृति फुटबल प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७७     6:13:29 AM  |