बाँकेको एकमात्र नगरपालिका हो, कोहलपुर । जिल्लाको दोस्रो ठुलो सहर समेत हो । तीन प्रदेशको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको कोहलपुर एक उदाउँदो सहर समेत हो । यहाँको विकासको गति तीव्र रुपमा चलिरहेको छ । यहाँ आर्थिक विकास, भौतिक विकास तथा औद्योगिकरण समेत बढ्दो क्रममा छ । नेपालमा संघीयता कार्यान्वयनसँगै नगरपालिकाको रुपमा घोषणा भएको कोहलपुर यहाँको कान्छो नगरपालिका समेत हो । यहाँ अझै पनि धेरै कुराहरुको व्यवस्था हुन बाँकी छ । तर पनि हरेक हिसाबले सम्भावना बोकेको कोहलपुरको विकास र समृद्धिको यात्रा भने निरन्तर गरिरहेको छ । क्रमबद्ध विकाससँगै नगरपालिका समेत हरेक कुरामा विकासको चरणमा रहेको छ । यहाँको विकासमा हातेमालोको आवश्यकता छ ।
नेपालमा संघीयता अझै पनि कार्यान्वयनको चरणमा छ । शक्ति वीकेन्द्रीकरणको सिद्धान्त अनुसार अहिले देशमा तीन तहका सरकार छन् । उनी सरकारका आ –आफ्नै अधिकार, कर्तव्य र सीमाहरु रहेका छन् । संविधान मै स्थानीय सरकारलाई स्वयत्त सरकारको मान्यता दिइएको छ । स्थानीय सरकारका अधिकारका क्षेत्र मात्रै २२ वटा रहेका छन् । ती मध्ये एकल र साझा अधिकार समेत रहेका छन् । अहिले पनि देशभररका स्थानीय सरकार कानून निर्माण, कार्यान्वयनको चरण मै छन् । त्यसैले स्थानीय सरकारमा धेरै सुेवा सुविधा पुग्न सकिरहेको अवस्था छैन । गाउँका सिंहदरबार नाम दिइएका स्थानीय सरकारका जनप्रतिनिधिहरु समेत सिकाइको क्रममा छन् । त्यसैले जनताले अपेक्षाकृत रुपमा विकासको प्रत्याभूति गर्न पाएका छैनन् ।
कोहलपुरमा जनसंख्या समेत बढ्दो क्रममा छ । अहिले दैनिक मानिसको जनजिविकासँग जोडिएका कार्यालयहरु जिल्ला सदरमुकाम मै बढी छन् । कोहलपुरमा अहिले इलाका प्रहरी र प्रशासन बाहेक अन्य ठूला कार्यालय छैनन् । त्यसैले कोहलपुर नगरपालिकामा तीन दिन चलेको आठौँ नगरसभाले सेवग्राहीसँग हरेक दिन जोडिएका कार्यालयहरु कोहलपुरमा ल्याउन पहल गरिने निर्णय गरिएको छ । नगरसभाले नापी मालपोत तथा यातायात कार्यालय कोहलपुरमा ल्याउन पहल गर्ने निर्णय गरेको हो । नगरपालिकाले यी कार्यालय कोहलपुरमा नभएका कारण जनताले गाउँगाउँमा सिंहदरबार आएको महशुस समेत गर्न नपाएको तर्क गरेको छ । हुन पनि नेपालगञ्जमा धेरै कार्यालय छन । यहाँका संरचनाहरु प्रयोगविहीन छन् । त्यसै कोहलपुर नगरपालिकाको निर्णय सकारात्मक छ । निर्णय कार्यान्वयन होस ।









प्रतिक्रिया दिनुहोस्