कोहलपुर
कोहलपुर नगरपालिका वडा नम्बर ११ दशविगाहामा विजी वि लन्च एण्ड बारको शुभारम्भ भएको छ । विभिन्न देशका परिकार, लाइभ म्युजिकको सुविधा सहित बारको शुभारम्भ गरिएको हो ।
बिहीबार औपचारिक कार्यक्रमका बीच लाइभ म्युजिक प्रोग्राम गरेर सेवा सुरु गरिएको हो । बारका सञ्चालक अमृत गिरीले अबदेखि प्रत्येक शुक्रबार लाइभ म्युजिक प्रोग्राम हुने जानकारी दिए । उनका अनुसार संगीत सुन्न चाहन सेवाग्राहीहरुको लागि विशेष अफर सहित म्युजिकको सुविधा प्रदान गरिनेछ । यस्तै उनले विशेष प्रकारको ज्वाई चेली खानाको व्यवस्था रहेको समेत बताए ।
बिजी वि लन्च एण्ड बारका अर्का सञ्चालक विपिन शाहीले बारमा स्पेशल थकाली खाना, किचेन, चाइनिज, इन्डियन कन्टिनेन्टल खानाहरु पाइने बताए । सेवाग्राहीहरुको मागको आधारमा अन्य थुप्रै परिकार समेत बारमा प्राप्त गर्न सकिने उनको भनाइ छ ।
प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्