मधूर पौडेल, बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि तीन दिने तालिम सुरु भएको छ । बाँसगढी नगरपालिकाको आयोजनामा लैँगिक तथा सामाजिक समावेशीकरणका लागि लेखा परीक्षण सम्बन्धी ३ दिने तालिम कार्यक्रम सुरु भएको हो ।
तालिम आगामी फागुन १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तालिमको लागि आर्थिक सहयोग जिआईजेट÷सिजिएसजीले गरेका छन् ।
उक्त तालिममा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई लेखा सम्बन्धी जानकारी दिनको लागि तालिमको आयोजना गरिएको बताए ।
उनका अनुसार तालिम अवधीभर तालिममा सहभागीहरुलाई लैंगिक तथा सामाजिक समावेशीकरणका लागि लेखा परीक्षण सम्बन्धी प्रशिक्षण गराइने छ । ‘यो तालिम हाम्रै लागि हो । सेवाग्राहीहरुलाई चुस्तदु्रस्त सेवा दिन मद्दत पुग्नेछ । तीन दिनको अवसरमा धेरै कुरा सिक्ने आशा लिएका छौ ।’ प्रमुख अधिकारीले भने । तालिममा नगरपालिकाका जनप्रतिनिधि, विषयगत कार्यालयका प्रमुख, कर्मचारीहरुको सहभागिता रहेको छ । तालिम तीन दिन चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्