नेपालगञ्ज ।
खजुरा गाउँपालिकाले जनतासँग स्थानीय सरकार कार्यक्रम को सुरुवात गरेको छ ।जनताका समस्यासँग हातेमालो गर्ने र तत्काल समाधान हुने समस्या हल गर्ने उद्देश्यले गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो ।चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मै व्यवस्था गरेर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
सोही कार्यक्रम अनुसार सोमबारदेखि जेष्ठ नागरिकलाई निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याइएको छ । भिजन आँखा अस्पताल नेपालगन्जको सहकार्यमा वडा नम्बर १ देखि ८ सम्म यो कार्यक्रम सम्पन्न गरिनेछ । सोमबार आयोजना गरिएको शिविरमा सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच,औषधि वितरण र करिब एकसय जनाको निःशुल्क अप्रेशन गरिने बताइएको छ ।
कार्यक्रम वडा नम्बर १ बाट शुभारम्भ गरिएको थियो ।जनताका प्रत्यक्ष गुणासो सुन्ने र समस्या समाधान गर्न कार्यक्रम लागू गरिएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।उनले समस्याको अवस्था हेरी तत्काल समाधान हुने खालका समस्यालाई हल गर्ने र समय लाग्ने खालका समस्याको आगामी नीति कार्यक्रम र बजेटमा लगिने उनको भनाइ छ । उनले अहिलेसम्म निर्वाचनमा जनतासँग बाचा गरिएका ६५ बुँदा पूरा भएको जानकारी दिए ।
अध्यक्ष कक्षपतिका अनुसार तीन वर्षमा ५० किलोमिटर कालोपत्रे गरिएको छ । ५ वर्ष पूरा हुँदा १०० किलोमिटर कालोपत्र गरिने प्रतिबद्धता जनाए । स्वास्थ्य क्षेत्रमा खजुरामा १५ वेड १८ महिनामा पूरा गर्ने, दोस्रो ठूलो अस्पताल क्यान्सर अस्पताल पूर्ण सेवा दिने तयारीमा रहेको जानकारी दिए ।
ग्रीनसिटीमार्फत खजुराको व्यवस्थित विकासमा लाग्ने उद्देश्य रहेपनि कोरोनाले अवरोध भएको बताउँदै यो परियोजना सञ्चालनमा आउने विश्वास ब्यक्त गरे । उनले असार मसान्तसम्म सुकुम्बासीको हातमा पूर्जा पर्ने गरी तयारी गरिएको बताउँदै कसैलाई एककप चिया खुवाउनु पनि नपर्ने उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्