कोहलपुर ।
कोहलपुर नगरपालिका ३ मैटहवामा रहेको जनता माध्यमिक विद्यालयको भवन शिलान्यास भएको छ । सोमबार कोहलपुर नगरपालिका लुट बहादुर रावतले भवनको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै रावतले भवन निर्माण समयमा नै सक्नुपर्ने र राम्रो काम हुनुपर्नेमा जोड दिएका थिए । कोहलपुर नगरपालिकाले शैक्षिक गुणस्तर बढाउनका लागि विभिन्न योजनाहरु ल्याएको छ भने सो योजना अनुसार काम गर्ने निर्देशन समेत दिएका थिए ।
यस्तै नेपाल कम्प्यूनिष्ट पार्टी(नेकपा)का ओली पक्षीय जिल्ला संयोजक सुर्य ढकालले विद्यालयमा सुसाशनको कायम हुनुपर्नेमा जोड दिएका थिए । ढकालका अनुसार यो विद्यालयलाई कोहलपुरको नमूना विद्यालय बनाउन अनुरोध गरेका थिए । विद्यालय भवन निर्माण सम्बन्धी राष्ट्रिय योजना आयोगमा डेलिकेशन जान समेत ढकालले अनुरोध गरे ।
विद्यालयमा रहेका शिक्षक, अभिभावक र विद्यार्थीहरुका समस्या र अन्य विद्यालयका गतिविधिहरुलाई समन्वय र सहकार्य मार्फत सुशासन कायम गर्नुपर्ने उनको भनाई थियो । यस्तै कोहलपुर नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष माधव रिजाजले अब ११ र १२ कक्षा सञ्चालन गर्नुपर्ने जोड दिएका थिए । विद्यालयमा पारिवारिक जस्तो सम्बन्धका साथ अगाडि बढोस्, असाहय, अपाङ्ग, आमाबुवा गुमाएका बालबच्चाहरुलाई विद्यालयमा राखी आवासको व्यवस्था मिलाउने छौं, उनले भने ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदिराम वलीले विद्यालयमा अबदेखि सुसाशन कायम हुने प्रतिबद्धता गरे । ‘विगतमा के भयो मलाई थाहा छैन अब विद्यालय कस्तो बनाउने त्यो मेरो हातमा छ’ उनले भने यहाँको आर्थिक अवस्था अत्तोपत्तो छैन, विद्यालयमा दिएका सहयोगीदाताहरुको नामावली, विव्यसका अध्यक्षहरुका नामावली, र अन्य अभिलेखिकरण गरिएको छैन उनले थपे, भवन निर्माण गरेको २ वर्ष भयो तर अहिले सम्म पनि नगरपालिकालाई हस्तान्तरण गरिएको छैन ।
अहिले बन्न लागेको १० कोठे भवनको यो आर्थिक वर्षको असार मसान्त भित्र सक्ने वलीले प्रतिबद्धता व्यक्त गरे । भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट १ करोड ४० लाख दिइएको थियो । टेन्टरमार्फत ९० लाखमा भवन निर्माण गर्ने भनी सम्झौता गरेको वलीले बताए ।









प्रतिक्रिया दिनुहोस्