आज लायन्स क्लब सुर्खेत र लर्ड बुद्ध एकेडेमी कौशिलानगर विच प्रतिस्पर्धा



कोहलपुरमा ।

कोहलपुरमा पहिलो दिनमा भएको खेलमा आयोजक रेसिङ्ग सहारा क्लब (बि) ले विजय शुरुवात गरेको छ । आइतबार उद्घाटन रेसिङ्ग सहारा क्लब (बि) र कैलाली गौरीगंगा १ बीच खेल भएको थियो ।

खेल निर्धारित समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट मार्फत विजय घोषित भएको हो । खेलको निर्धारित समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

दुवै टिमको तर्फबाट पाँच÷पाँच जनाले सुटआउटमा मौका पाएका थिए । जसमा रेसिङ्ग सहारा क्लब (बि) पाँच वटै गोल गर्ने सफल भएको थियो भने कैलाली गौरीगंगा १ चार गोल गर्ने सफल भएको थियो ।

प्रतियोगिताको राष्ट्रि«य रेफ्री अमृत केसी, श्याम बहादुर खड्का, अम्मर गुरुङ्ग रहेका छन् ।

प्रतियोगिताको हुलास पिठो र सनराइज कपी उद्योगले प्रायोजन गरेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । सुजाता स्मृति फुटबल प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । आज लायन्स क्लब सुर्खेत र लर्ड बुद्ध एकेडेमी कौशिलानगर विच प्रतिस्पर्धा  हुने छ । खेल १२ बजेबाट सुरू हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २६ गते सोमबार