कोहलपुर
नेपाल अटो मेकानिक्स ट्रेड युनियन कोहलपुर नगर इकाई कमिटी मोटरसाइकल दुर्घटनामा घाइते भएका सन्तोष नेपालीलाई आर्थिक सहयोग गरेको छ । ट्रेड युनियनका सदस्य समेत रहेका नेपाली एकसाताअघि मोटरसाइकल दुर्घटनामा परेका थिए ।
कोहलपुर नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा उनी अहिले उपचारपछि घरमा आराम गरिरहेका छन् । उनको घरको आर्थिक अवस्था नाजुक रहेको छ । सन्दिपको उपचारको लागि साहुबाट ऋण निकालेर उपचार गरेको आफन्तहरुले बताएका छन् ।
उनको आर्थिक घरको अवस्थालाई केही कम गर्न र थप उपचार लागि भन्दै नेपाल अटो मेकानिक्स ट्रेड युनियन कोहलपुर नगर इकाई कमिटीले आर्थिक सहयोग गरेको हो । अध्यक्ष विकास बुढाथोकीले सन्दिपलाई घरमै गएर नगद् सहयोग गरिएको जानकारी दिए । उनका अनुसार उनलाई नगद् रु ३० हजार ८ सय ९५ रुपैयाँ सहयोग गरिएको हो ।‘सन्दिप एकसाता अघि घाइते भएका थिए ।
उनको घरको अवस्था नाजुक छ । अहिले सामान्य उपचारपछि घर मै छन् । हामीले उनको सहयोगको लागि नाटुमा आवद्ध साथीहरुबाट संकलन गरेर सहयोग गरेका छौ ।’मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।









प्रतिक्रिया दिनुहोस्