नेपालगन्ज
खजुरा गाउँपालिका–२, गौघाट बाँकेमा जारी प्रथम योगिनी खुला पुरुष अन्तर भलिबल प्रतियोगिताको उपाधि एफसी स्टारले जितेको छ । फाइनलमा धु्रवतारा बोर्डिङ स्कुललाई हराउँदै एफसीले उपाधि उचालेको हो । फाइनलमा एफसीले धु्रवतरालाई २५–१५, २५–१९ र २५–२३ सेटले हराएको हो । एफसी र ध्रुवतराबीच फाइनलको दुई राउण्ड बराबरी रहेको थियो ।
अन्तिम राउण्डको पहिलो चरणमा ध्रुवताराले एफसिविरुद्ध ६–१ सेटको अन्तर बनाउन सफल भएतापनि खेलाडीको तालमेल नमिल्नाले ध्रुवतारा उपाधिबाट वञ्चित बन्यो । विजेता बनेको एफसीले नगद २१ हजारसहित ट्रफी प्राप्त ग¥यो ।
उप–विजेताले नगद १० हजार रुपैयाँमै चित्त बुझाउनु प¥यो । खेलमा सर्वोत्कृष्ट खेलाडी ध्रुवताराका सुवाष हमाल भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । साथै खेलमा बेष्ट ब्लकर एफसीका मनिराम चौधरी, वेष्ट स्पाइकर एफसिका ललित विक, बेष्ट डिफेण्डर ध्रुवताराका कृष्ण गिरी, वेष्ट सर्भर न्यू जागृतीका किरण बुढाथोकी र बेष्ट सेटर एफसीका भरत विक भए ।
सेमिफाइनलमा एफसीले न्यू जागृति युवा क्लबलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो भने ध्रुवताराले मुस्काल क्लबलाई हराएको थियो । रंगशाला नेपाल मिडिया प्रा.लि. र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्