बालविकास केन्द्रलाई शिक्षा आर्जनको प्रराम्भिक थलोको रुपमा लिइन्छ ।जहाँ पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरुलाई पढाइन्छ ।बालविकास केन्द्र विद्यार्थी प्राथमिक तहमा पुग्ने पहिलो पाठशाला समेत हो ।यहाँ बालबालिकाहरुलाई उनीहरुको चाहना अनुसार नयाँ कुराहरु सिकाइन्छ । ती कक्षाहरुमा बहुसंख्यक महिला शिक्षक हुन् ।
नेपाल समाजमा महिलाहरुको पहिलो परिचय भनेको गृहिणी हो ।त्यसपछि मात्रै शिक्षक र अन्य परिचय जोडिएका आएका हुन्छन ।महिला आमा पनि हुन् । बालबालिकाहरुको लागि आमाको काख जस्तो प्यारो अरु केही पनि हुन सक्दैन । त्यसैले बालविकास केन्द्र पनि तिनै आमाहरु अध्ययन गराउँछन् ।सबैभन्दा पहिला उनीहरुलाई दक्ष बनाउन आवश्यक छ ।त्यसपछि मात्रै बालबालिकाहरुलाई उनीहरुले शिक्षित बनाउन सक्छन् । शिक्षा मानिसको तेस्रो आँखा हो । त्यसैले हरेक व्यक्ति शिक्षित हुन जरुरी छ । र अहिलेको गुणस्तरीय शिक्षाको आवश्यकता रहेको जमानामा हरेक बालबालिकालाई शिक्षित बनाउँनै पर्छ । तर उनीहरुलाई पढाउने शिक्षकहरुलाई भने राज्यले दिने तलबले पीडा
दिन्छ । बाँकेको कोहलपुर नगरपालिकामा पनि ८१ जना बालविकास महिला शिक्षक छन् ।
उनीहरु सबै सामुदायिक विद्यालयमा पढाउँछन् । उनीहरु लामो समयदेखि काम गर्दै आएका छन् । तर उनीहरुले अहिले पनि आफूहरुले न्यून पारिश्रमिकमा काम गर्नु परेको गुनासो गरेका छन् । उनीहरुको एउटै माग छ । हामीले दुःख गरेर काम गरेका छौ । हाम्रो तलब बढाइदिनुपर्छ । उनीहरुलाई मासिक पाँच सयका दरले स्थानीय सरकारले तलब दिदै आएको छ । त्यो तलबले आफूहरुलाई प्रोत्साहन भन्दा पनि पीडा दिने गरेको बताउँछन् । हुन पनि साना बालबालिकाहरुसँग लडिबुडि गर्नेहरुलाई राज्यपनि अहिले सम्म हेर्न सकेको छैन ।सोही कारण आफूहरुलाई निकै समस्या हुने गरेको बताएका छन् । अहिले पनि कुनै पनि निकायबाट तालिम समेत नपाएको दुःखेसो गरे । स्थानीय सरकारले समेत बालविकास केन्द्रका शिक्षकहरुलाई हेपाहा प्रवृत्तिले हेर्ने गरेको छ । स्वंयम सरकारी विद्यालयहरुका शिक्षकहरुले समेत आफूहरुलाई होच्याउने गरेको उनीहरुको कथन छ । यसले गर्दा उनीहरुले अंगाली रहेको पेसाले उनीहरुलाई पीडा दिइरहेको छ ।त्यसैले बालविकास केन्द्रका शिक्षकहरुको प्रोत्साहनको लागि स्थानीय सरकारले सक्रियता देखाउनुपर्ने आवश्यकता छ । कोहलपुर नगरपालिकाले थप १ हजार तलब बढाउने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्