कोहलपुर
नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा मिसन अपसेट प्रेसका सञ्चालक विनोद पौडेल निर्वाचित भएका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न संघको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
मिसन मल्टिमिडिया प्रा.लि.का प्रबन्धक समेत रहेका पौडेलको नेतृत्वमा ९ सदस्यीय नेपाल मुद्रण उद्योग संघ बाँके शाखा गठन भएको हो । भेलाबाट निर्विरोध रुपमा संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय चयन भएका हुन् ।
यस्तै सचिवमा नोखराज रावत र कोषाध्यक्षमा मो.वहाव खाँलाई चयन गरिएको हो । यसैगरी संघको बाँके शाखाका सदस्यहरुमा हरिप्रसाद ज्ञवाली ,मिना ढकाल,ढकबहादुर थारु,दुर्गा प्रसाद रेग्मी र सुवास ठठेर रहेका छन् ।
यसैबीच, शुक्रबार आयोजित जिल्ला भेलाले सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकारहरुमा पूर्णलाल चुके, मेघराज ओली, तपेन्द्र विक्रम शाह,मिना सुवेदी ढकाल,ज्योतिलाल भण्डारी,चण्डीप्रसाद गैरै र कुशुम बस्नेत रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले बाँकेमा जिल्लामा छरिएर रहेका मुद्रण व्यवसायीहरुलाई पेसागत रुपमा एकताबद्ध गर्दै संघ अघि बढ्ने बताए । पौडेलका अनुसार बाँकेका सम्पूर्ण व्यवसायीका हकहितका पक्षमा संघले काम गर्नेछ ।
सल्लाकार कुशुम बस्नेतका ममतामयी आमा पुष्पा शाह थापाको निधन भएको ४५ दिनको पुण्यतिथिको अवसरमा नेपाल मुद्रण उद्योग संघ बाँकेका नयाँ पदाधिकारीहरुको बस्नेतको घरमा गएर श्रद्धाञ्जली कार्यक्रम समेत सम्पन्न गरेका छन् । अध्यक्षमा निर्विरोध पौडेल मिसन टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेत हुन् ।









प्रतिक्रिया दिनुहोस्