कोहलपुर ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी फागुन २२ गते निर्वाचन तोकिएको छ ।
निर्वाचन आउन एक महिना अगावै कोहलपुरहरुका उद्योगीहरु चुनाव केन्द्रीत गतिविधिमा सक्रिय हुन थालेका छन् । कोहलपुरमा यसपटकको निर्वाचनमा प्रजातान्त्रिक र बामपन्थी धारबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
यसैबीच, आगामी चुनावको लागि बामपन्थी धारको संयुक्त समावेशी साझा प्यानलतर्फबाट पदाधिकारीमा चुनाव लड्ने उम्मेदवार तोकिएको छ ।
चुनावमा साझा प्यालनका तर्फबाट बिष्णु प्रसाद खनाल अध्यक्षका उम्मेदवार रहेका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा तेजप्रसाद अधिकारी, उद्योग तर्फको उपाध्यक्षमा कमल खड्का, वाणिज्य तर्फको उपाध्यक्षमा बलराम देवकोटा, महासचिवमा नविन खड्का,कोषाध्यक्षमा खेम घिमिरे, उप–महासचिवमा पर्शुराम लामिछाने र सह–कोषाध्यक्षमा भुपेन्द्र काफ्लेलाई उम्मेदवारका रुपमा तोकिएको हो । यस्तै निर्वाचन परिचालन तथा समन्वय समितिका संयोजकमा नमप्रसाद शर्मालाइ चयन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्