कोइलाबास नाका : नेपाल–भारत आवतजावत सुरु



शिवु खनाल

भारतसंग जोडिएको दाङको कोइलाबास नाका खुला भएसँगै कोइलाबास नाका क्षेत्रमा आवातजावत सुरु भएको छ । गृह मन्त्रालयको निर्देशनमा खुला गरिएसँग नाका क्षेत्रमा आवातजावत सुरु भएको हो ।

नाका खुलेसँग दाङ लगायतका नागरिक रोजगारीको लागि भारत जान थालेका छन् । मंगलवारदेखि नेपाल–भारत सीमाक्षेत्र कोइलाबास नाकामा आवतजावत गर्ने क्रम सुरुवात भएको छ । नाका खुला भएसँगै रोजगारीको लागि स्थानीयहरु भारत जना थालेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिए ।

घर खर्च चलाउन मुस्किल र लकडाउनको मर्कामा परेका स्थानियहरु मंगलवारदेखि रोजगारको लागी भारत जान थालेको वडाध्यक्ष सिद्दिकिले बताए । उनले , ‘नाकाबासीहरु भारतको आर्षित भएको हुनाले रोजगारीको लागि बन्द कहिले खुला होला भनेर पर्खेर बसेका थिए । नाका खुला भएसँगै मंगलवार मात्रै पन्ध्रजना स्थानीयहरु रोजगारको लागि भारत गएका छन् ।’

लकडाउनका कारण स्थानीयहरु धेरै मारमा परेका थिए ।दैनिक उपभोग सामग्रीदेखि लिएर औषधी उपचारको लागि भारत आर्षित हुने नाकाबासीको समस्या रुपमा रहेको छ ।सरकारले नाका खुला गरेसँगै यहाँका स्थानीयहरुको जनजीवनमा सहज हुने अपेक्षा गरिएको छ । ‘कहिले नाका खुला र रोजगारको लागि भारत जाउला भनेर पर्खेर बसेका थिए ।

दिनमा पन्ध्रजना जति भारत काम गर्न जाने गरेको र बेलुकी घर फर्किने गर्नुहुन्छ, वडाध्यक्ष सिद्दिकिले भने । यता भारतको जनकपुर निवासी विरिजलाल यादव नेपला भारत सीमाक्षेत्र कोइलाबास नाका खुला भएसँगै छोरीलाई भेट गर्न नेपाल आएको जानकारी दिए ।
उनी भन्छन्,‘हामी भारतमा बस्छाँै तर, छोरी चाँही मेरो साला जीको घर दाङको गढवामा बसेर पढ्छिन् । करिब दश महिनापछि छोरीसँग भेट गर्ने अवसर जुध्यो ।’ यस्तै स्थानीय सइदि सिद्दिकले नाका खुला भएसँगै स्वास्थ्य उपचारका लागि गढवा जानुपर्ने बाध्यता अन्त्य भएको जानकारी दिए ।

‘कोइलाबास स्वास्थ्य चौकीमा एम्बुलेन्स्को सुविधा छैन । दिनमा एकतर्फी मात्रै एउटा बस चल्छ ।एम्बुलेन्स् नभएकै कारण हामीलाई गढवा भन्दा स्वास्थ्य उपचारको लागी भारत नजिकै र सहज हुनेभएकोले भारत जाने गरेको हाँै’ स्थानीय सिद्दिकिले भन्नुभयो ।

नाकामा हेल्थडेस्क

दाङको गढवा गाउँपालिका भारतँग जोडिएको दाङको कोइलाबास नाकामा हेल्थडेस्क स्थापना गरेको छ । गत बिहीबार गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएसंगै सोमबार कोइलाबास नाकामा दुईजना स्वास्थ्यकर्मी सहित व्यवस्थित तरिकाले हेल्थडेस्क स्थापना गरेको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

स्वाथ्य चेकजाँचको क्रममा रिपोर्ट पोजेटिभ आएमा विरामीलाई राख्ने क्वारेनटाइनको संचालनको लागि गाउँपालिकाको तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २१ गते बुधबार