दिनेश रैदास, दाङ
राप्ती गाउँपालिकाको मसुरियामा चरा संरक्षणका लागि सरोकारवाला निकायको भूमिकाका विषयमा एकदिने गोष्ठी सम्पन्न भएको हो ।‘चरा बचाऔं, वातावरण जोगाऔं’ अभियाान अन्तर्गत विश्व सिमसार दिवसको अवसरमा नेपाल पंक्षी संरक्षण संघ लाजिम्पाट काठमाडौंको आयोजनामा एकदिने गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा बिशिष्ट अतिथि तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा कुमारी चौधरील्रकृतिका गहना, चराचुरूङ्गी, वन्यजन्तु लगायत मानवजातिको संरक्षण आवश्यक रहेको बताइन् । उनका अनुासर प्राणी जगतलाई प्राण दिने सिमसार क्षेत्र संरक्षणमा राज्यस्तार र समुदाय स्तरबाट सहयोग हुन आवश्यक छ ।
गोष्ठीमा नेपाल पंंक्षी संरक्षण संघ लाजिम्पाट काठमाडौंका फिल्ड अधिकृत भूपाल नेपालीले पर्यावरण संरक्षण अभियान अन्तर्गत चरा बचाउनको लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । सोही गोष्ठीमा सहभागीशहरुले चरा संरक्षणमा जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्