जन्मदिनमा बिरामीलाई सहयोग



 कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ का एक युवाले आफ्नो जन्मदिनको अवसरमा बिरामीहरुलाई सहयोग हस्तान्त्रण गरेका छन् । कोहलपुरका बिशाल मल्लले आफ्नो जन्मदिनको अवसरमा नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत बिरामीहरुलाई फलफूल र मास्क सहयोग गरेका हुन् ।उनले आफ्नो जन्मदिनलाई सेवामुखी बनाउन तथा सरकारी अस्पतालका विरामीहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले अर्गानिक स्याउ र मास्क सहयोग गरिएको बताए ।

उनका अनुसार अस्पतालमा उपचार गराइरहेका २० जना बिरामीहरुलाई १ पेटी स्याउ र २ सय वटा मास्क वितरण गरिएको हो । मास्क अस्पतालमा कार्यरत चिकित्सक तथा कुरुवा र बिरामीलाई पनि प्रदेश गरिएको उनको भनाइ छ । ‘सरकारी अस्पतालमा आर्थिक अवस्था विपन्न भएकाहरु आउँछन् ।उनीहरुलाई दैनिक निकै समस्या भइरहेको हुन्छ ।

मैले मेरो जन्मदिनको अवसरमा उनीहरुलाई नै रोजे ।सबैले सिको गर्न सकुन भन्ने मेरो उद्देश्य छ ।’मल्लले भने । यस्तै उनले नेपालगञ्जमा रहेको बेवारिसे बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको प्रयास फाउण्डेसनलाई समेत सहयोग गरेका छन् । त्यहाँ रहेका बालबालिकाहरुलाई पढ्नको लागि सहयोग पुगोस भन्ने उद्देश्यले कलम र कापी सहयोग गरिरहेको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रबार