कोहलपुर :
कोहलपुर नगरपालिका स्तरीय नगर बाल सञ्जालको १ दिने अन्तरक्रिया सम्पन्न भएको छ । महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा शाखाको आयोजनामा स्तरीय नगर बाल सञ्जाल तथा वडा स्तरीय बालअधिकार समितिका बालबालिकाहरुका लागि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रियामा बालबालिका सम्बन्धी बनेका राष्टिय तथा अन्तरराष्टिय स्तरमा बनेका सन्धी, सम्झौता, कानुन तथा नेपालको संविधानमा बालबालिका सम्बन्धी गरिएको व्यवस्थाका विषयमा व्यापक छलफल गरिएको थियो । नेपालको संविधान २०७२ मा धारा ३९ मा बालबालिकाको हक सम्बन्धी व्यवस्था गरिएको छ ।
सोही छलफलमा सहभागी बालबालिकाहरुलाई बालश्रम निषेध र नियमन गर्ने ऐन २०५६, नियमावली २०६२ र बालबालिकाहरुलाई विशेष संरक्षण गर्ने कानुन लगायतका विषयमा छलफल गरिएको अध्यक्ष रमेश वरले बताए ।
उनका अनुसार बालबालिकाहरुलाई उनीहरु सम्बन्धी भएका अधिकार तथा नीति नियमहरुको बारेमा जानकारी गराइएको थियो । अन्तरक्रियामा कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न वडाका बालबालिका तथा अन्तय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्