मिसन गु्रपको वनभोज कार्यक्रम



कोहलपुर ।

बाँकेको कोहलपुरमा सञ्चालित मिसन गु्रपको वनभोज कार्यक्रम सम्पन्न भएको छ । गु्रपका विभिन्न संस्थासँग कार्यरत कर्मचारीहरुको सहभागितामा जिल्लाको बैजनाथ १ गाँभरमा वनभोज सम्पन्न भएको हो । गु्रपले प्रत्येक वर्ष बाँके, सुर्खेत तथा दाङ लगायतका जिल्लामा कार्यरत कर्मचारीहरुको सहभागितामा वनभोज कार्यक्रम गर्दै आएको छ ।

वनभोज मिसन गु्रपको वार्षिक नियमित कार्यक्रम हो । मिसन गु्रपका प्रबन्धक निर्देशक विनोद पौडेलले दैनिक कार्यबोझबाट एकदिन भएपनि कर्मचारीहरु बीच रमाइलो हुने र सबै कर्मचारीहरु बीच आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले वनभोज कार्यक्रमको आयोजना गरिएको बताए ।

उनका अनुसार गु्रपका विभिन्न तह र भूमिकामा रहेर काम गर्ने कर्मचारीहरुको हौसलाको लागि समेत कार्यक्रम आयोजना गरिएको हो । मिसन गु्रपद्धारा सञ्चालित मिसन टुडे राष्ट्रिय दैनिक, मिसन एफ.एम. मिसन छापाखाना, विज्ञापन सेवा लगायतमा काम गर्ने ६० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १० गते शनिबार