राजमोका वडा स्तरीय भेला



दिनेश रैदास,  दाङ ।

राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा राष्ट्रिय जनमोेर्चा पार्टी राजपुर गाउँपालिकाको एरिया कमिटीको सभा सम्पन्न भएको हो । दिलबहादुर घर्तीको अध्यक्षतामा वडा स्तरीय भेला सम्पन्न भएको हो ।

राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका एरिया समितिको बैठक गाउँपालिकाका सह–सचिब मनकुमार राणाको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको भएको थियो ।

राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला समिति दाङको निर्णय अनुसार अहिले टोलटोलमा कार्यक्रम,भेला तथा परिक्षण भइरहेका छन् । त्यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ४ मा माघ १० गते , वडा नम्बर ५ मा १३ गते, र वडा नम्बर ६ मा १५ गते कार्यक्रम हुँदै छ ।

यस्तै वडा नम्बर ७ मा १९ गते र वडा नम्बर २ मा माघ २३ गते जोरदार ढंग सभा कार्यक्रम गर्ने भनेर राष्ट्रिय जनमोर्चा पार्टी राजपुर गाउँपालिका समितिले निर्णय गरेको छ । त्यसपछि गाउँपालिका स्तरीय राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहावा मा माघ २५ गते गर्ने निर्णय गरिएको
छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) दाङ देउखुरी जिल्ला समिति दाङका सदस्य दिनेश रैदास, अखिल नेपाल महिला संघकी जिल्ला सदस्य सीमा रोका, अखिल नेपाल जनजाती संघका लक्ष्मी बुढा, अखिल नेपाल ट्रेडयुनियन का टेकबहादुर बुढा लगायत साथीहरुले मन्तव्य राखेका थिए ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका दाङ जिल्ला सदस्य र राजपुर गाउँपालिका समितिको कोषाध्यक्ष राम फकिरे रैदासको प्रमुख अतिथिमा सम्पन्न बैठक राष्ट्रिय जनमोर्चाका दाङ जिल्ला उपाध्यक्ष महेश चन्द्र रिजाल, बिशिष्ट अतिथि रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रबार