शिवु खनाल ।
दाङ देउखुरी राजपुर स्थिति बेला घाटमा डुबेर एक युवा बेपता भएका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला घाटमा पौडी खेल्ने क्रममा साेहि ठाउँ निवासी अन्दाजी २७ बर्षिय प्रदिप चौधरी बेपता भएका हुन् ।
बिहिवार दिउँसो करिब १ बजेतिर पौडी खेल्ने क्रममा चौधरी राप्तीमै बेपता भएको प्रहरीले जनाएको छ । माघे सँक्रान्तीको अवसरमा राप्ती किनारमा बनभोज सहित उनिहरु पौडी खेल्न राप्ती गएकाे प्रहरीले जानकारी दिदै घटना स्थलमा उनिहरुको मोटरसाईकल र मासु पनि फेला परेको छ ।
अहिले नेपाल प्रहरी, एपिएफको गोताखोर टोली र स्थानियले उनको खोजीकार्य गरिरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक राजकुमार भट्टले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्