शिवु खनाल । दाङ ।
दाङ देउखुरीका स्थानीय सरकारले परम्परागत सिपको संरक्षण अभियान नै संचालन गर्न थालेका छन् । नयाँ पुस्तालाई परम्परागत सिपको बारेमा जानकारी गराउने र मौलिक संस्कृतिसँग जोडिएका सामाग्रीको संरक्षण थालिएको हो ।
जसअन्तरर्गत गढवा गाउँपालिका वडा नम्बर १ वडहरा स्थित कुलपानी सामुदायिक बन समुहले काष्ठ सङग्राहलयको स्थापना गरेको छ । परम्परागत काष्ठ सामाग्रीको संग्रह गरिएको काष्ठ संङ्ग्राहलय ढिकी, कोल लगायतको परम्परागत मेसिनरी औजार समेत राखिएको छ ।
स्थानीय कुलपानी समुह, स्थानिय पालिका, बन महासंघ, बन कार्यालय, उपभोक्ता, हरियो वन कार्यक्रम तथा ब्यक्तिगत सहयोग दाताको संयुक्त लगानीमा सुरु गरिएको परम्परागत काष्ठ सामाग्रीको संग्रह गरिएको हो ।
गढवा गाउँपालिका स्तरीय बन महासंघका अध्यक्ष नवराज शर्माले सहयोगी संस्थाको सहयोगमा काम शुरु गरेको भपनि आगामी दिनहरमा पुराना सामाग्री मदुस, चौंठी, ठेकी लगायतका काठबाट बनेका सबै सामाग्री बनाएर राखिने बताए ।
‘अहिले प्लास्टिकको सामानले बजार लिइरहेको छ, जसले पर्यावरणमा प्रतिकुल असर गरिरहेको छ, त्यसको सट्टा पुराना काठमा सामाग्री निर्माण गर्दै संरक्षण गरेर काठबाट पनि दैनिक प्रयोग गर्ने सामाग्री बन्छन भन्ने शन्देश दिइरहेका छांै ।’ उनले भने ।
कुलपानी बन समुहका अध्यक्ष भरत अधिकारीले पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्यका साथ समुहले हरितपार्कको विकास गरिरहेको बेला काष्ठ जन्य सामाग्रीको संरक्षण तथा पुस्तान्तरणका लागि काष्ठ संग्राहलयको स्थापना गरिएको जानकारी दिए ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले परम्परागत सिपको संरक्षणको लागि आफुहरुले पहल थालेको बताए । ‘कुमाल समुदायलाई माटाका सामाग्री बनाउने तालिमदेखि थारु समुदायका महिलालाई ढकिया बुन्ने तालिम दिएका छांै ।’ उनले भने ।
गाउँपालिकाले पनि बजेट विनियोजन गरी ढकिया बुन्ने तालिम संचालन गर्न स्थानीय महिला सहकारीलाई जिम्मा दिएको छ । जसमा वडा नं ६ का ६१ महिलाहरुलाई गत पुस १ गतेदेखी सुरु गरिएको परम्परागत सीप हस्तान्तरणका लागि ढकीयाँ बुनाई तालिम सम्पन्न भएको छ ।
दाङ देउखुरीका थारु जातीमा अति महत्वका साथ प्रयोग गरिने लोप हुँदै गएको सुपली, नुईयाँ, ढकीयाँ, डेलवाँ, भौका बनाउने सिप हस्तान्तरण गर्न परम्परागत सामाग्रीको संरक्षणका लागि ढकीयाँ बुनाई तालिममा २६ प्रकारका सामाग्री बनाउन सिकाइएको थियो ।









प्रतिक्रिया दिनुहोस्