17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बाँसगढीमा आजदेखि खुला फुटबल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७  

बाँसगढी ।

बर्दियाको बासँगढी नगरपालिकाको बेलौलीमा खुला फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । खेलकूदका माध्यमबाट यूवाहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ बेलौलीमा पहिलो पटक फुटबल प्रतियोगिता हुन लागेको हो ।

जयकालिका यूवा क्लबको आयोजनामा सुरु हुन गइरहेको प्रतियोगितामा कुल १८ टिम सहभागी हुनेछन् । बिहीबार प्रतियोगिताको औपचारिक सुरुवात हुने खुला फुटबल प्रतियोगिताका संयोजक प्रेम खत्रीले मिसन टुडेलाई जानकारी दिए ।

आज प्रतियोगिताको सुरुवातसँगै उद्घाटन खेल समेत हुनेछ । प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने संयोजक खत्रीले बताए ।

प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७     10:50:32 AM  |