17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

सिसिटिभीको निगरानीमा अगैया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस १५, २०७७  

कोहलपुर ।

पुर्व पश्चिम राजमार्गमा रहेको बाँकेको अगैया बजारमा क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरा जडान गरिएको छ । प्रहरीको पहल र स्थानियको सहयोगमा बजार क्षेत्रमा २ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका २ मा रहेको अगैया बजार पुर्व पश्चिम राजमार्गसँग समेत जोडिएको छ । बजार क्षेत्रमा जोडिएका सिसिटिभी क्यामेराको कन्ट्रोल प्रहरी चौकि गाभरपुर अगैयामा रहने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

‘बाँकेको अगैया बजारमा स्थानीयहरुको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको छ’ उनले भने, ‘राजमार्गसँगै जोडिएको बजारमा जोडिएको क्यामेराले अपराधन अनुसन्धानमा केही भएपनि सघाउ पु¥याउँछ ।’ आगामी दिनहरुमा सिसिटिभी क्यामेराको संख्या बढाइने बताइएको छ । प्रहरी चौकीभित्र राखिएको कन्ट्रोल कक्षको क्यामेरामा कुनै शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त त्यसतर्फ प्रहरी परिचालन हुनेछन् ।

राजमार्गमा हुने सवारी अस्तव्यस्तता र सवारी दुर्घटनासम्मका काममा सिसिटिभी क्यामेरा सहयोगी बन्ने बाँके प्रहरीले विश्वास लिएको छ । ‘क्यामेरा जडानले नागरिकलाई सार्वजनिक स्थानमा गलत कार्य नगर्न सचेत गराउनेछ’ स्थानीय यूवा बसन्त ओलीले भने, ‘कतिपय बेला घटना घटिसकेपछि सिसिटिभीको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रभावकारी हुनेछ ।’

प्रकाशित मितिः बुधबार, पुस १५, २०७७     12:44:04 PM  |