सम्पादकीय : सास्तीमा सीमाबासी



नेपाल दक्षिण र उत्तरमा दुई ठूला मुलुकको बीचमा छ । उत्तरमा चीन छ भने दक्षिणमा भारत रहेको छ । यसको आधारमा नेपाललाई दुई ढुंगा बीचको तरुल समेत भन्ने गरिन्छ । दुई देशको बीचमा रहेको एक स्वतन्त्र भूपरिवेष्ठित मुलुकका रुपमा रहेको नेपालको आफ्नै इतिहास र महत्व छ । नेपाल विश्व मानचित्रमा एक–एक स्वतन्त्र मुलुक हो ।

उत्तरमा चीनसँग सीमा जोडिएको भएपनि नेपालको अधिंकाश भूगोल भारतसँग सीमा जोडिएको छ । यतिमात्रै होइन भारतसँग नेपालको लामो समयदेखिको रोटी र बेटीको सम्बन्ध छ । त्यसैले भारतसँग सीमा जोडिएका क्षेत्रमा अझै पनि समस्या रहेको छ । त्यहाँका नागरिकहरुले अहिले पनि सीमा पहरेदारको रुपमा काम गरिरहेको अवस्था छ । नेपाल र भारत असल छिमेकी समेत हुन् । छिमेकी देश भएकोले सीमा क्षेत्रमा समस्या स्वाभाविक देखिने हुन्छ । यस्तै समस्या दुवै देशको । सीमा विवाद लामो समयदेखि हुँदै आएको छ । देशका धेरै ठाउँमा भारतले नेपालको सीमा मिचेको देखिन्छ । केही महिना अघि मात्रै भारतले लामो समयदेखि अतिक्रमण गरेको नेपाली भूमि सरकारले आफ्नो नक्सामा राखेको थियो । त्यस्ता धेरै ठाउँ छन् । जहाँ दुवै देशको साझा समस्याका रुपमा रहेको छ ।

ती समस्या समाधानको लागि धेरै पहल समेत भएका छन् । तर सीमा समस्या अझै पनि सुझिल्न सकेको छैन । दुवै देश सीमा समस्या समाधानको लागि सक्रिय भएपनि टुंगो लाग्न सकेको छैन । त्यसको प्रत्यक्ष मार नेपालका सीमा नाकाका नागरिकले भोगेका छन् । धेरै ठाउँमा सीमा जोडिएका जिल्ला मध्ये दाङ सबैभन्दा बढी ठाउँमा सीमा जोडिएको जिल्ला हो । त्यहाँका करिब २४ ठाउँमा सीमा जोडिएका छन् । त्यहाँका अधिकांश क्षेत्रमा सीमा समस्या छ । त्यहाँका नागरिकले भारतीय प्रहरीले आफूहरुलाई दुःख दिने गरेको गुनासो गरेका छन् । यस्तै उनीहरुले सीमा क्षेत्र राम्रोसँग निर्धारण नुहँदा समस्या भएको समेत गुनासो गरिरहेका छन् । उनीहरुको माग छ । सीमा क्षेत्र अभिलम्ब निर्धारण गरियोस् । त्यसैले उनीहरुको माग अनुसार सरकारले उनीहरुको माग सम्बोधन गर्नुपर्ने देखिन्छ । सीमा रहेको लामो समयको समस्या समाधानको विकल्प पनि छैन । देश र जनताको सुरक्षको लागि पनि सीमा क्षेत्र बलियो हुन आवश्यक हुन्छ । सीमा भनेको देशको मुटुको
हो । त्यसैले सरकारले यस तर्फ ध्यान देओस् ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस १० गते शुक्रबार