घुस दिन खोज्ने ६ पक्राउ



सुर्खेत ।

सवारी चेकजाँचको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई घुुस दिन खोज्ने ६ जना सुर्खेतमा पक्राउ परेका हुन् ।

सवारी जाँचको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्न खोज्दा आर्थिक प्रलोभन देखाउनेलाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

भेरीगङ्गा नगरपालिका १३ भेरी पुलको सडक खण्डमा सवारी जाँच गर्ने क्रममा कारबाही गर्न खोज्दा पैसा दिन खोजेपछि पक्राउ गरिएको सुर्खेतका ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा बाँकेका सुनील विश्वकर्मा, प्रमोद विक, कैलालीका विवेक सिंह, अर्घाखाँचीका कलम पुन, सुर्खेतका कमल रजा र चितवनका कृष्णबहादुर नेपाली रहेका छन् ।

पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको ट्राफिक प्रमुख आचार्यले जानकारी दिए । पछिल्लो समय सुर्खेत ट्राफिकले सवारी चेकजाँचलाई तिव्रता दिइरहेको छ ।

छड्के चेकजाँचको क्रममा सवारी नियम उल्लघंन गरी सवारी चलाउने चालकले कारबाहीबाट बच्नको लागि ट्राफिकलाई रकम दिन खोज्ने गर्दछन् । बिहीबार पक्राउ परेका ६ जना समेत सोही क्रममा पक्राउ परेका हुन ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस १० गते शुक्रबार