राप्रपाले बोलायो आकस्मिक बैठक



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ। राप्रपा अध्यक्ष कमल थापाका अनुसार आइतबार ३ बजे राप्रपा सचिवालय कार्य व्यवस्था समितिको बैठक बोलाइएको हो।

थापाले ट्वीटरमार्फत् संसद विघटनको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ५ गते आइतबार