20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

चीनले आफ्ना पाइलट र क्रु मेम्बर्सलाई डायपर लगाउन किन भन्यो ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २६, २०७७  

एजेन्सी ।

चीनको उड्ययन नियामकले आफ्नो क्याबिन क्रुलाई कोरोनाको खतराबाट बच्नका लागि डायपर लगाउन सल्लाह दिएको छ ।

चीनको नियामक संस्थाले जुन स्थानमा कोरोना भाइरसको खतरा बढी छ, त्यहाँ बाथरुम प्रयोग नगर्न भनेको छ । यो गर्दा कोरोना संक्रमणको खतरा कम हुने चीनले अनुमान गरेको छ ।

यो सुझाव कोरोनाभाइरस संक्रमण रोक्नका लागि एयरलाइन्सका लागि जारी दिशानिर्देशमा समावेश छ । यो दिशानिर्देश ३८ पानाको छ ।

चीनको सिभिल एभिएसन एड्मिनिस्ट्रेशनले यो सुझाव १० लाख जनसंख्यामा ५०० बढीमा कोरोना संक्रमित भएको इलाकामा जाने चार्टर फ्लाइटसमा लागू हुने बताएको छ ।

फ्लाइट्सका लागि अन्य दिशानिर्देश पनि जारी गरिएका छन् । यसमा क्लिन एरिया, बफर जोन र पेसेन्जर सिटिङ एरिया र क्वारेन्टिन एरियालाई डिस्पोजेबल पर्दामार्फत् छुट्याउन भनिएको छ । नियामक संस्थाले पछाडिका तीन पंक्तिलाई इमर्जेन्सी क्वारेन्टिनका लागि प्रयोग हुने बताएको छ ।

सबै एयरलाइन्सका अनुसार महामारीको खतरा रहँदा पनि हवाई यात्रा गर्न सुरक्षित छ । उनीहरुका अनुसार विमानमा अस्पतालमा प्रयोग हुने एयर फिल्टर राखिएका हुन्छन् जसका कारण कोरोनाको खतरा निकै हदसम्म कम हुन्छ ।

यद्यपि, अनुसन्धानकर्ता यो विषयमा पूर्ण आश्वस्त भने छैनन् । थुप्रै घटना यस्ता छन् जब विमानभित्र यात्रीले मास्क लगाउँदा र पर्याप्त दुरी बनाउँदा पनि संक्रमण फैलिएको छ ।

जब चीनको ऊहान शहरमा कोरोनाभाइरसको प्रकोप सुरु भएको थियो, तब त्यहाँको वायुसेवा नराम्रोसँग प्रभावित भएको थियो । यद्यपि, चीन कोरोनामुक्त हुने प्रक्रियामा रहँदा यो क्षेत्रको स्थिती पनि सुध्रिएको छ । चीनमा घरेलु स्तरमा आवतजावत लगभग कोरोना काल अघि जस्तै भएको छ ।

 

प्रकाशित मितिः शुक्रबार, मंसिर २६, २०७७     1:42:15 PM  |