५ जनाको उजुरीपछि पक्राउ परे तेस्रो बिहे गर्ने सल्यानका वडाध्यक्ष र नयाँ श्रीमती



सल्यान ।

अर्काको श्रीमती भगाएर तेस्रो बिहे गर्ने सल्यानका वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडा अध्यक्ष ईन्द्र बहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडा अध्यक्ष सँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट प’क्राउ अनुमति लिई आरोपीत दुबैजना लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इनिस्पेक्टर लक्ष्मण ओलीले बताए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर १९ गते शुक्रबार