बाँकेको बैजनाथ गाउँपालिकाको जी गाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बाँके शाखाको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बृहत रक्तदान कार्यक्रम बैजनाथको वडा नम्बर ५ स्थित प्रभात माविमा सम्पन्न भएको थियो । कार्यक्रममा संघीय सांसद देखि युवाहरु सहभागी थिए ।
रक्तदान कार्यक्रममा सहभागी नेकपा बाँकेका युवा नेता सुर्य ढकालले उक्त बृहत रक्तदान कार्यक्रमा १ सय १२ जनाले रक्तदान गरेको बताए । रक्तदान कार्यक्रम बाँकेका विभिन्न अस्पतालमा भइरहेको रगत अभाव पुर्ति गर्नको लागि आयोजना गरिएको आयोजकले जनाएको छ ।
उनका अनुसार युवाहरुको उल्लेख्य सहभागितामा रगतदा कार्यक्रम सम्पन्न भएको हो । एकेडेमीले बाँकेका विभिन्न तहमा विभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति : २०७७ मंसिर १८ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्